sevenstartv.com १४ कार्तिक २०८३, शनिवार

राजनीति विश्लेषक भरत दाहाल पक्राउ

४ असोज २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं -राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

दाहाललाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ परेका दाहाललाई थप अनुसन्धानका लागि आइतबार नै काठमाडौं ल्याउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ । पक्राउको कारण तथा उनीमाथि लागेको आरोपबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्