sevenstartv.com १७ भदौ २०८३, बुधवार

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १२स्४५ बजे  बस्ने गरि बोलाएका हुन् ।

बैठकमा हिउँदे अधिवेशन अन्त्य, प्रधानमन्त्रीको सम्बोधनसहित आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

सरकारले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ । आइतबार प्रतिनिधिसभाको बैठक माओवादी केन्द्रले संसद अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो ।

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्