sevenstartv.com १७ भदौ २०८३, बुधवार

चितवनमा सीडीओ फेरिए

७ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । भदौ २७ गते श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा थिए ।

आज मन्त्रालयले रिजाललाई अध्यागमन विभागको महानिर्देशका रुपमा सरुवा गरेको हो । विभागका महानिर्देशक कोशहरि निरौलाको गत बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्यत्र सरुवा गरेपछि त्यहाँ महानिर्देशक खटाइएको थिएन ।

मन्त्रालयले चितवनमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएर हालका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई मन्त्रालयमा फिर्ता ल्याइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्