sevenstartv.com १७ भदौ २०८३, बुधवार

चार देशका राजदूतहरूले लिए राष्ट्रपतिबाट शपथ

१६ मंसिर २०८१, आइतवार स्टार संवाददाता

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका राजदूहरूलाई शपथ ग्रहण गराएका छन् ।  राष्ट्रपति पौडेलले आज बिहान शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि अमेरिका, जर्मनी, साउदी अरब र अष्ट्रेलियाका राजदूतको शपथ ग्रहण गराएका हुन् ।

अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव नियुक्त भएका थिए ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा लगायतको उपस्थिति रहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्