sevenstartv.com १५ भदौ २०८३, सोमवार

जलविद्युत आयोजना मर्मतका लागि जनशक्ति अभाव रहेको उर्जामन्त्री खड्काको भनाइ

२१ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक रहेको बताएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन गर्दै मन्त्री खड्काले इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने विद्यार्थीले स्थलगत रुपमा जलविद्युत आयोजनाको अध्ययन गर्दा थप प्रवभाकारी हुने बताएका हुन् । उनले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई जलविद्युत आयोजनामा लगेर अध्ययन गराउन सकिने बताए । 

मन्त्री खड्काले पछिल्लो समय जलविद्युत आयोजनामा मर्मतसम्भार गर्न जनशक्तिको अभाव देखिएको बताउएका छन् । मुलुकलाई आवश्यक जनशक्ति तयार गर्न स्वदेशी विश्वविद्यालय नै पर्याप्त भएको उनको तर्क छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्