sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

हामी सत्ताको खेलमा छैनौं : प्रचण्ड

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सत्ताको खेलमा नरहेको जिकिर गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले आफूहरू जनतामाझ गइसकेको बताएका हुन् । उनले कांग्रेस-एमालेसँग टाँसिँदा लागेको धुलो टकटक्याउँदै जनतामा फर्किएको टिप्पणी गरेका छन् ।

‘हामी अब तपाईंहरूको सत्ताको खेलमा छैनौं। मैले आवेग वा उत्तेजनामा भनेको होइन। इतिहासको अनुभवबाट शिक्षा लिएर भनेको हो।’ प्रचण्डले भने, ‘हामी जनतातिर फर्किसक्यौं। सहिदका सपना पूरा गर्नेतर्फ फर्किसक्यौं ।’

उनले यो सरकार आफूले ढाल्छु नभनेको पनि प्रष्टीकरण दिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्