sevenstartv.com १५ भदौ २०८३, सोमवार

सत्येन्द्रकुमार र नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप भएकाे छैन् : गृहमन्त्री लेखक

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पारेका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भिर रहेको बताएका हुन् । 

उनले संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माणमा सरकार क्रियाशील रहेको समेत दाबी गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्