अध्यादेशबारे जसपा नेपाल : कार्यसूचीमा चढेपछि मात्रै निर्णय लिने
काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल) ले अध्यादेश अगाडि बढाउने गरी दैनिक कार्यसूची तय भएपछि मात्रै निर्णय लिने भएको छ ।
सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेशबारे निर्णय लिन आइतबार जसपा नेपालको संसदीय दलको बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष उपेन्द्र यादवले ‘कार्यसूचीमा चढेपछि मात्रै अध्यादेशबारे निर्णय लिइने’ बताएका हुन् ।
देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताउँदै उहाँले सरकारले संसदको कार्यसूचिमा राख्ने बित्तिकै पार्टीले निर्णय लिने बताए ।













