sevenstartv.com १५ भदौ २०८३, सोमवार

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । संसदमा सहभागी राजनीतिक दलहरुसँगको सहमतिबाट विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अघि बढाउन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् । 

आइतबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरुसँगको छलपलमा सभामुख घिमिरेले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सहमतिका साथ अगाडि बढाउन प्रमुख सचेतकहरुसँग आग्रह गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा विधायनसँग सम्बन्धित विधेयकका विषयमा केही विषयहरु बाँकी रहेकाले अगाडि कसरी बढाउने भन्नेबारेमा छलफल भएको जानकारी दिए । 

उनले समितिले सर्वसहमतिबाट पारित गरी संसदमा लगेको र त्यसलाई अझ समृद्ध बनाउन सरकारले केही हेरफेर गरेको विषयलाई लिएर बैठक बसेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्