sevenstartv.com १५ भदौ २०८३, सोमवार

पाथीभरा केबलकार विवाद : सरकारले भोलि आन्दोलनरत पक्षसँग वार्ता गर्ने

२७ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग साेमबार सरकारले वार्ता गर्ने भएको छ । भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको नेकपा एमाले सांसद योगेश भट्टराईले जानकारी दिएका हुन् । 

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फÞत समस्याको समाधान गर्न समेत उनले अनुरोध गरे ।  आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आजका लागि तय भएको वार्ता भाँडिएको थियो । आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँग मात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । 

उनीहरुले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्