२०८४ को चुनावमा भाग लिन पूर्वराजा शाहलाई सांसद् न्यौपानेको सुझाव
काठमाडौं । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको बैठकमा न्यौपानले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिएकी हुन् ।
मुलुकमा लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएकाले कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नभएको उनको भनाइ छ । उनले संसद जनताको आवाजको थलो भन्दा पनि आरोप-प्रत्यारोपको थलो बन्दै गएकाले लोकतन्त्रिक गणतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी रहेको बताइन् ।















