sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्  ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले चोरी पैठारी गरि ल्याइएको समानहरु लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौँको राजश्व गुमाउनु परेको बताएका हुन् ।

उनले भने, ‘नेपालभरिका भन्सार कार्यालयमा चोरी पैठारीबाट बरामद गरेका सामानहरुको नेपाल सरकार अर्थ मन्त्रालयले व्यवस्थापन गरेमा राजश्व क्षतिबाट जोगिने अवस्था हुन्छ । त्यो व्यवस्थापन गर्ने सन्दर्भमा सबैले पुरस्कार बनाउने व्यवस्था पनि हुनसक्छ ।’ 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्