sevenstartv.com १५ भदौ २०८३, सोमवार

माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरू

केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने पूर्व निर्धारित कार्यक्रम

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान सुरू भएको छ । आज झापाको कचनकवलमा अध्यक्ष पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन् । 

अभियानको उद्घाटन कार्यक्रममा अध्यक्षसहित सबै पदाधिकारीहरू झापा पुगेका थिए । आज बिहानै अध्यक्ष दाहालसहित पदाधिकारीले त्यहाँका स्थानीयसँग भेटघाट गरेका थिए । झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष  दाहालले अभियान उद्घाटन गरे । झापाबाट सुरु भएको अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । 

अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका  सम्पूर्ण नेता कार्यकर्ता परिचालित हुने छन् । केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहने छ भने स्थानीय टोली एक महिनासम्म पूर्णरुपमा परिचालित हुने छन् । गत पुस २१–२३ बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो ।

 यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्