sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

आवश्यक जनशक्ति नहुँदा रेल्वे सेवा घाटामा रहेको भौतिक पूर्वाधार मन्त्री दाहालको भनाइ

कानुन सच्याएर सेवा सञ्चालन गर्ने प्रतिवद्धता

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालसँग आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा गएको बताएका छन् ।

 
सोमबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताएका हुन् । 

उनले रेल्वे विधेयक बनाउँदा ३ वर्ष अनुभव भएको मान्छेलाई कोपाइलट, लोको पाइलट काम गर्न पाउने भनेर लेख्दा अहिले जनशक्ति अभाव भएको उल्लेख गर्नुभयो । नेपालमा रेल्वे सेवा सञ्चालन नहुने र अनुभवी खोज्दा भारतसँग निर्भर रहनुपरेको बताए ।

भारतसँग निर्भर रहँदा सञ्चालनका लागि भारतीय सरकारी कम्पनी कोनकोनलाई २४ करोड दिइरहनुपरेको बताए । उनले उक्त कानून नसच्याएसम्म रेलवेसेवा घाटामा नै जाने देखिएकाले अहिले सरकारले कानून सच्याउन लागेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्