sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको सांसद् ढकालकाे आरोप

२२ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले खाना पकाउने ग्यासको कमिशन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसद् ढकालले उद्योगमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् । उनले कमिशनखोर व्यापारीहरुको पक्षपोषण सरकारले नै गरिरहेको आरोप पनि लगाए । 

‘कति वर्ष भयो घरघरमा ग्यासको पुर्‍याउने भनेकोरु मैले मात्र सुनेको हो कि अन्य माननीयज्यूले पनि सुन्नुभएको हो‚’ उनले भने, ‘दश वर्षजति त भएछ त अनि जसले बिजुली चुलोको नीतिहरु बनाउँदै थियो उसलाई कारबाही गर्न सरकार तयार भएर बसेको छ ।’

उनले व्यवसायी, ढुवानीकर्ता र विक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्