sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

प्रधानमन्त्री ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सरकारको‌ शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभालाई सम्बोधन गर्ने भएकान हुन् । 

कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।  ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो । 

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने छ । 

मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबिच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ। त्यस्तै कोशी पर्यटन वर्ष को लागि विनियोजित गरेको रकमको स्रोतगत बाँडफाँड गर्ने निर्णय समेत गरेको छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्