sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

ज्ञानेन्द्र शाहको गतिविधिप्रति सांसद्हरूको आपत्ति

सरकारकै मौनताले प्रतिगामीले लोकतन्त्रमाथि धावा बोलिरहेको आरोप

२५ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सांसद्हरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा सांसद्हरुले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिनुभयो । तर, सरकार गम्भीर नभएको भन्ने उनको आशंका छ । सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ । सरकारले कार्यशैली सच्याएर गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उनको आग्रह छ । 

पूर्वराजाको सक्रियता र व्यवस्था विरोधी आवाज कम गर्न संविधान हातमा नभएर माथमा धारण गरर सरकारले सुशासन कायम गर्न सक्नुपर्ने नेपाली कांग्रेसका सांसद युवराज शर्माको तर्क छ । कांग्रेस सांसद शर्माले सरकारसँगै यस्तो अपेक्षा राखे । सांसद् जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरे । 

उनले प्रतिगामीहरू संविधान उल्लंघन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताएका छन् । सांसद् जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् । 

उनले विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको दावी गरे । उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि व्यत्तः गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्