sevenstartv.com १५ भदौ २०८३, सोमवार

राष्ट्रिय सभाको बैठक चैत ४ गतेसम्म स्थगित

२५ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन्  ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । 

त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्