sevenstartv.com १४ भदौ २०८३, आइतवार

राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि प्राप्त हुने राष्ट्रपति पौडेलको भनाई

संविधान अनुसार नै राज्य संयन्त्र परिचालित हुनुपर्ने तर्क ।

१० चैत २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध स्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् ।

सरकारको आर्थिक वर्ष २०८०÷०८१ मा सम्पादित प्रमुख कार्यहरु समेटी तयार पाएिएको ९औं वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले उपलब्ध स्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारीका कार्यान्वयन गर्न ध्यान दिनुपर्ने बताए । 

उनले नेपालको संविधानको मुल मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्