sevenstartv.com १५ भदौ २०८३, सोमवार

माओवादीले फेरि स्थगित गर्याे हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान

नेताहरु जनप्रदर्शनमा केन्द्रीत हुँदा अभियान स्थगित

११ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ । 

माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको अध्यक्ष पुष्पकमदल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते रौतहटमा पुगेर पुगेर स्थगित भएको थियो । उक्त अभियान गएको बिहीबारदेखि पुनः बाराबाट सुरु भएको थियो । अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ । 

चितवनमा स्थगित भएको अभियान यही चैत १६ गतेबाट नवलपुरबाट पुनः अघि बढ्ने नेताहरुले बताएका छन् । नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलालीहुँदै कञ्चनपुर पुगेर हुलाकी अभियान पूरा हुने छ । त्यसपछि मध्य पहाडी क्षेत्रमा अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ । त्यो अभियान सगरमाथाको फेदिमा पुगेपछि पूरा हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्