sevenstartv.com १४ भदौ २०८३, आइतवार

भारतबाट विद्युत् आयात बढ्यो

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ ।

भारतको इण्डियन एक्सचेञ्ज मार्केट (आइएक्स)मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युतको समय चार घण्टा बढाइएको हो । समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ । यसले उद्योगमा हुँदै आएको अघोषित लोडसेडिङ कम हुने भएको छ । 

ऊर्जा मन्त्री दीपक खड्काको प्रत्यक्ष पहलमा नेपाल विद्युत प्राधिकरण र भारत सरकारबीचको समन्वयबाट यो सहमति कार्यान्वयनमा आएको हो । भारतको ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत आपूर्ति हुँदै आएको ६०० मेगावाट विद्युतको समयावधि अब बिहान २ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । 

उक्त निर्णयसँगै अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्वाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ । नेपाल विद्युत प्राधिकरणले भारत सरकारप्रति सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा ऊर्जा क्षेत्रमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्