sevenstartv.com १४ भदौ २०८३, आइतवार

'संघीयता विरोधी संघीयता ल्याउने पार्टीहरू नै हुन्'

३१ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता विरोधी संघीयता ल्याउने पार्टीहरू नै रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२र०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले  २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको बताएका हुन् ।

उनले संघीयताको विरोधी अरू कोही नभएर संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू रहेको पुष्टि भएको जिकिर गरे । उनले संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा संघीयता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताए ।

उनले संघीयता कार्यान्वयनको लागि संघीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्