sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

'बकर इदले भाइचारा र समानताको सन्देश प्रवाह गर्छ'

२४ जेठ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अजहा (बकर इद) जस्ता पर्वले भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

मुस्लिम समुदायको पर्व इद दल अजहा (बकर इद) को अवसरमा शुभकामना दिँदै उनले यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा साँस्कृतिक विविधताबीच आपसी सद्भाव कायम राख्ने बताएका हुन् ।

उनले भने, ‘विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ(आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्