sevenstartv.com १४ भदौ २०८३, आइतवार

प्रधानाध्यापक नियुक्ति रोक्न शिक्षक महासंघको माग

८ साउन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेपाल शिक्षक महासंघले सामुदायिक विद्यालयमा गर्न लागिएको प्रधानाध्यापक छनौट तथा  नियुक्ति प्रकृया रोक्न माग गरेको छ । 

ललितपुरको महालक्ष्मी नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट तथा  नियुक्ति प्रकृया अगाडि बढाएपछि शिक्षक महासंघले त्यसलाई तत्काल रोक्न माग गरेको हो । महासंघले शिक्षकहरुको आन्दोलनको बलमा विद्यालय शिक्षा ऐन संसदबाट जारी हुने क्रममा रहेको बेला महालक्ष्मी नगरपालिकाले  हतार हतारमा प्रधानाध्यापक छनौट तथा  नियुक्ति गर्न लागेको भन्दै त्यसलाई रोक्न माग  गरेको हो। 

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै नगरपालिकाद्वारा अगाडि बढाइएको प्रधानाध्यापक छनौट प्रकृया विद्यमान ऐन सम्मत नभएको जनाएको छ । महासंघले प्रधानाध्यापक छनौट तथा  नियुक्ति नरोके शिक्षकहरु त्यसविरुद्ध कडा कदम चाल्न बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्