sevenstartv.com ११ भदौ २०८३, बिहिवार

असोज मसान्तभित्र समिति गठन गरि घोषणा गर्नू : शिक्षक महासंघ

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल शिक्षक महासंघले असोज मसान्तभित्र  वैधताका लागि नेपाल राष्ट्रिय शिक्षक संगठनसहित जिल्ला समिति घोषणा गर्न निर्देशन दिएको छ । महासंघले आज सूचना जारी गर्दै असहमति जनाइ राष्ट्रिय शिक्षक संगठनमा सहभागी नभएका जिल्लाहरूलाई यस्तो निर्देशन दिएको हो ।

महासंघका अनुसार मूल वार्ता समिति र ने राशि सङ्गठनबीच भएको सहमतिका ७ बुँदालाई नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अनुमोदन गरिसकेको छ।

‘सो सहमति अनुसार अधिवेशन/महाधिवेशन कार्यविधि २०८० को आधारमा पदसोपान भई घोषणा भएका जिल्लाहरूको वैधताका लागि ने राशि सङ्गठनसहित जिल्ला समिति घोषणा गर्न जिल्लालाई निर्देशन दिने भन्ने निर्णय भएकोले २०८२ असोज मसान्त भित्र गर्नु सो कार्य सम्पन्न गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’सूचनामा उल्लेख छ ।

 

सम्बन्धित समाचार