sevenstartv.com १२ भदौ २०८३, शुक्रवार

पृथ्वी राजमार्ग अवरुद्ध

७ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका( १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको हो । 

गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरि ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको प्रहरीले जनाएको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन समस्या भएको छ । रातिदेखि नै यात्रु बाटोमै अलपत्र परेका छन्।

 

सम्बन्धित समाचार