घट्यो सुन र चाँदीको मूल्य
नेपाली बजारमा बुधवार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
मङ्गलवार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधवार प्रति तोला २ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।



















