sevenstartv.com १४ भदौ २०८३, आइतवार

भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, उद्धार तथा खोजी कार्य जारी

१४ भदौ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनेको एकिन संख्या ७ सय ३४ जना पुगेको छ । उक्त घटनामा परेर २५ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन भएका छन् । प्रहरीले प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यलाई निरन्तरता दिई रहेको छ ।

प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण बगेकामध्ये ७३४ जनाको शव फेला परेको हो । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २ सय ५९, गोरखामा ५८, तनहुँमा ३६, नवलपुर पूर्वमा १ सय ८४, नवलपुर पश्चिममा ८२ शव फेला परेको हो ।

यस्तै, प्रहरीले घटनामा परेर घाइते भएका २ हजार ६ सय ९२ जनाको उद्धार गरेको छ । तीमध्ये रसुवामा ६ सय ७६, नुवाकोमा २ हजार २० र धादिङमा ३ जनाको उद्धार गरेको हो । बेपत्ताको संख्या भने अझै एकिन भई नसकेको अवस्था छ । खोज तथा उद्धारका लागि नेपाल प्रहरी मात्र ७२९३ जना परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्