sevenstartv.com ८ भदौ २०८३, सोमवार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

८ भदौ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि साेमबार विश्वासको मत लिनुहुने भएकाे छ।

मुख्यमन्त्री कार्कीले साेमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुहुने भएकाे हाे। मुख्यमन्त्री कार्यालयले गत शुक्रबारै विश्वासको मत लिने बारेमा कोशी प्रदेश सभा सचिवालयलाई औपचारिक रुपमा जानकारी गराएको थियो । ​नयाँ सत्ता समीकरण अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमति बमाेजिम मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो ।

यसअघि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म विश्वासको मत नलिने अडानमा रहनुभएका मुख्यमन्त्री कार्कीले १७ जना सांसदसहित नेकपा सरकारमा सहभागी भएसँगै विश्वासको मत लिने तयारी गर्नुभएको हो । ​हाल ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४० र नेकपाका १७ गरी कूल ५७ जना प्रदेश सभा सदस्यको स्पष्ट समर्थन मुख्यमन्त्री कार्कीको पक्षमा रहेकाे छ ।

कोशी प्रदेशसभामा कांग्रेसका २९, राप्रपाका सभामुखसहित ५ र जसपाको १ जना सांसद रहेका हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्