राहत तथा उद्धारको कामलाई थप प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी प्रभावितको खोजी, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउनका लागि निर्देशन दिएका छन् ।
रास्वपा पार्टी कार्यालयमा भएको छलफलमा पार्टीको तर्फबाट हालसम्म भएका काम कारवाहीबारे ब्रिफिङ लिएपछि सभापति लामिछानेले थप सशत्तः भएर काम गर्न निर्देशन दिएका हुन् ।
बाढीमा परि बेपत्ता भएकाको खोजी कार्यलाई थप ससक्त बनाउन, बाढी आएका बेला ज्यान बचाउन कै लागि अफ्ठ्यारो स्थानका फसेकोहरुको उद्धार र घरबार विहिन भएकाहरुलाई राहत छिटो छरितो तरिकाले पुर्याउनका लागि प्रभावकारी भूमिका खेल्न पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले बताएका छन् ।
आजको छलफलमा महामन्त्री विपीन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेलगायतको सहभागीता रहेको थियो ।















