sevenstartv.com १६ भदौ २०८३, मङ्गलवार

सर्वदलीय संयन्त्र गठनका लागि रास्वपाद्वारा उच्चस्तरीय बैठकको आह्वान

१६ भदौ २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनगर्नका लागि आज दिउँसो २ बजे बैठक आह्वान गरिएको छ । देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै रास्वपाले उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि बैठकको आह्वान गरेको हो ।

भदौ १० गते भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढीपहिरो लगत्तै बसेको सर्वदलीय बैठकबाट विपद्को दिगो समाधान र पूर्वतयारीको सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो । सोही साझा सङ्कल्प अन्तर्गत विपद् व्यवस्थापन, पुनर्निर्माण र जोखिम न्यूनीकरणका कार्यबारे छलफलका लागि बैठक बोलाइएको जानकारी गराइएको छ ।

रास्वपाका अनुसार अल्पकालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो र दीर्घकालीन समाधान खोज्नका लागि बैठकको आह्वान गरिएको बताएको छ । विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने सहमति भइसकेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले समग्र देशको विषम परिस्थितीलाई मध्यनजर गदै सोही विषयमा केन्द्रित रहेर छलफल गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक डाकिएको जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्