sevenstartv.com १७ भदौ २०८३, बुधवार

१५ औं महाधिवेशनको तयारीका लागि कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दै

१७ भदौ २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं -नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं केन्द्रीय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज (बुधबार) बैठक बोलाएको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा यो बैठक बस्न लागेको हो ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलका अनुसार बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा सुरु हुनेछ । बैठकका लागि मुख्य तीनवटा एजेन्डाहरू तय गरिएका छन् । १५ औं महाधिवेशनको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र विविध विषय बैठकका एजेण्डा छन् ।

बैठकमा सहभागी हुनका लागि १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा आमन्त्रित सदस्यहरूलाई निमन्त्रणा गरिएको प्रचार प्रसार समितिले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्